२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

१० दलले बझाङ जिल्ला परिषद बहिस्कार गर्ने

२०७२, १२ फाल्गुन बुधबार ०४:५९

डिवि विष्ट/बसन्त प्रताप सिंह/ फागुन १२, बझाङ । जिल्ला विकास समितिले आगामी आर्थिक वर्षको वजेट नियम विपरित विनियोजन गरेको भन्दै बझाङका १० वटा साना दलले बुधबार हुने जिल्ला परिषद बहिस्कार गर्ने निर्णय गरेका छन ।

जिल्ला विकास समितिले तयार गरेको आवधीक जिल्ला विकास योजना र इलाका परिषदबाट पारित भएर आएका योजनाहरुको बेवास्ता गर्दै जिल्ला विकास समितिका कर्मचारी र तिन ठुला दलका नेताहरुले आ आफ्नो क्षेत्र र कार्यक्रर्ताको हित हुने खालका योजनामा बजेट विनियोजन गरेको भन्दै साना दलहरुले आपती जनाएका हुन ।

लक्षित वर्गको लागी छुट्याउनु पर्ने रकम समेत नियम विपरित अन्य क्षेत्रमा विनियोजन गरिएको तथा खारेज भैसकेका सहकारीहरुको नाममा समेत बजेट हालिएकोले जिल्लाको विकासमा आएको रकमको चरम दुरुपयोग हुन सक्ने आसंका गरेका छन ।

मंगलबार विहान बसेको राप्रपा, नेकपा माओवादी विप्लव समुह, नेकपा माओवादी वैद्य समुह, अखण्ड सुदुर पश्चिम पार्टी, जनमोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेपाल सदभावना पार्टीको संयुक्त बैठकले यस्तो आसंका गर्दै सबै दल र सरोकारवालाहरु संग छलफल गरी नियमसंगत ढंगबाट योजना तजुर्मा गर्न माग गरेको छ ।

नेपाली काङग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका नेताले अनौपचारीक ढंगले बैठक बसी योजना तजुर्मा गरेको र जिल्लाको विकास भन्दा पनि कार्यक्रर्ताको माग पुरा गर्ने गरी रकम विनियोजन गरेकोले जिल्ला परिषद बहिस्कार गर्न लागेको नेकपा माओवादी विप्लव समुहका जिल्ला जनपरिषद संयोजक चन्द्रबहादुर सिंहले बताए । योजना तजुर्मा प्रक्रिया प्रति असन्तुष्टी जनाउदै आएको राप्रपा नेपालले भने आफ्नो असन्तुष्टी फिर्ता लिएको जनाएको छ ।

सोमवार असन्तुष्ट १० दल द्धारा जारी गरिएको विज्ञप्तीमा हस्ताक्षर गरेका राप्रपा नेपालका अध्यक्ष हरिलाल भट्टराइ मंगलबार स्थानिय विकास अधिकारी संग छलफल गरेपछी आफ्नो असन्तुष्टी फिर्ता लिएको जानकारी दिएका छन । श्रोतका अनुसार भट्टराईले भनेको दुइ वटा योजनामा बजेट छुट्याउन जिविस सहमत भए पछि उनले असन्तुष्टी फिर्ता लिएका हुन ।

यता जिल्ला विकास समितिले कसैले बहिस्कार गरे पनि जिल्ला परिषद नरोकिने जनाएको छ । निमित्त स्थानिय विकास अधिकारी सुर्यप्रशाद गौतमले जिविसले सबैलाइ सम्बोधन गर्ने गरि रकम विनियोजन गरेको बताउदै कसैको असन्तुष्टी भए छलफल गर्न सकिने तर जिल्ला परिषद तोकिएको समयमा नै सम्पन्न हुने बताए । राजनैतिक दलहरु प्रत्यक्ष सरोकारवाला नभए पनि आफुहरुले सबैको सहमती लिने प्रयास गरेको उनको भनाइ छ ।

यसै विच स्थानिय विकास अधिकारी विरामी जिल्ला परिषदको मुखैमा आएर स्थानिय विकास अधिकारी आत्माराम सत्याल विरामी परेका छन । विहिवार देखी सत्यालको छातीमा समस्या देखिए पछि उपचारको लागी शुक्रवार काठमाण्डौ लगिएको निमित्त स्थानिय विकास अधिकारी सुर्यप्रशाद गौतमले जानकारी दिएका छन । जिल्ला परिषदको सम्पुर्ण तयारी सत्यालकै उपस्थितीमा भएकोले वहांको अनपस्थीतीले परिषदलाई खासै असर नपर्ने गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह