२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आजदेखि पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु हुँदै

९ पुष २०८१, मंगलवार ०९:२२

पोखरा | फेवातालको सिरान फेवाफाँटमा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै छ।

महोत्सवमा हट एयर बेलनबाट ५ हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरीलगायतका हिम शृंखला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रंगका १७ वटा बेलुन उडान हुने महोत्सव हुन लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।

पोखरा र समग्र नेपालको पर्यटन प्रबद्र्धन गर्न अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव हुन लागेको उनले बताए। महोत्सव फेवातालको सिरान पामे फाँटमा हुने गरी तयारी गरिएको छ| अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पुस ९ देखि १७ गते सम्म महोत्सव हुने छ।

महोत्सवमा बिहान ६ बजे अघिदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म हट एयर बेलुनमा उडेर अन्नपूर्ण हिम शृंखला, ताल, पोखरा बजार, फेवाको मुहान क्षेत्रका अवलोकन गर्न सकिने गरी तयारी गरिएको बेलुन नेपालका अध्यक्ष बाडेले बताए। बेलुका ७ बजेदेखि ८ बजेसम्म बेलुन नाइट ग्लो गरिने पनि उनले जानकारी दिए।

महोत्सवमा नेपालसहित, अमेरिका, बेलायत, अष्टे«लिया, स्पेन लिथुआनिया, थाइल्यान्ड, जापान, इटाली लगायतका १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरूको सहभागिता रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी