२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा जलेर एक जनाको मृत्यु

२०७४, २६ असार सोमबार १५:४९

असार २६, सिन्धुली । घ्याङलेक गाउँपालिका–५ शान्तेश्वरीको अर्चलेमा आज साँझ एक वृद्धको जलेर ज्यान गएको छ । 

आफ्नै घरमा आगलागी हुँदा ७६ वर्षीय खड्गबहादुर दोङको मृत्यु भएको नेपाली काँग्रेसका नेता खड्गबहादुर वाइवाले जानकारी दिनुभयो । घरमा अचानक आगलागी भएको र हिँडडुल गर्न नसक्ने वृद्ध घरमा एक्लै परेकाले जलेर ज्यान गएको उहाँको भनाइ छ । 

यस्तै आगलागीमा परेर घाइते भएकी मृतककै श्रीमती ७४ वर्षीया काउलीमायाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काउलीमायाको हात र ढाडमा आगोले पोलेको छ । 

आगलागीबाट सात खसीबाख्रा र एउटा गाई मरेको बताइएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुँडा गरी रु चार लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न नसकेको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह