२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

तीनकरोड भन्दा बढीको जग्गा दिने नुवाकोटका दाता सम्मानित

२०७४, २८ असार बुधबार ०३:२९

असार २८, नुवाकोट । सशस्त्र दशवर्षे द्वन्द्व र भूकम्पले क्षति पुगेका यहाँको प्रहरी युनिटको पुनःनिर्माण गर्न जग्गा दान दिएका आठ दातालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले सम्मान गरेको छ । 

आफ्नो जग्गा नभएको तर कार्यालय निर्माणका लागि बजेट विनियोजित भएर आएपछि भवन निर्माणमा सहयोग पु¥याउन जग्गादान गर्नुभएका आठ दातालाई नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जिल्ला प्रहरी कार्यालयमा मङ्गलबार आयोजित विशेष कार्यक्रम बीच प्रशंसापत्रले सम्मान गर्नुभयो । 

भूकम्पपछिको पुनःनिर्माण अभियानमा यहाँका ११ वटा प्रहरी युनिटको पुनःनिर्माणअन्तर्गत आठवटा प्रहरी युनिटका भवन दाताले दिएको जग्गामा निर्माण भइरहेका छन् । 

जग्गा दान दिएर सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय ढिकुरेलाई जग्गा दिने निर्मला गुरुवाचार्य, प्रहरी चौकी फिकुरीलाई जग्गा दिने देवनाथ भट्ट, प्रहरी चौकी पाटीभञ्ज्याङलाई जग्गा दिने तिलकुमारी विष्ट, प्रहरी चौकी झिल्टुङ्गलाई जग्गा दिने गोपिनी घिमिरे, प्रहरी चौकी तारुकालाई जग्गा दिने उत्तरकुमार अधिकारी, प्रहरी चौकी किम्ताङ्गका लागि जग्गा दिने न्युलाली गुराँस युवा क्लब, अस्थायी प्रहरी पोष्ट छहरेका लागि जग्गा दिने रामकुमार लामिछाने र दिलीप भट्टराई रहनुभएको छ । 

आठजना दाताले दिएको जग्गा करिब १८ रोपनी रहेको छ भने त्यसको मूल्य रु तीन करोडभन्दा बढीको छ । 

तत्कालीन समयमा चलेको नेकपा (माओवादी)को सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका तथा भूकम्पले क्षति पु¥याएका भवन निर्माणमा नागरिकको सहयोगले मातहतका प्रहरी युनिट स्थापना गर्न पु¥याएको भूमिकाको प्रशंसा गर्दै अहिले निर्माण भइरहेका भवनलाई गुणस्तरीय बनाउन र तोकिएको समयमै पूरा गर्नदेखि समुदायमा शान्तिसुरक्षा स्थापनामा समन्वयकारी भूमिका निर्वाह गर्न प्रहरी प्रमुख बोहराले आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला