2026-10-02 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

भूकम्पले ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित, कहाँ-कहाँ भयो क्षति?

काठमाडौँ | तिब्बत केन्द्रविन्दु बनाएर गएको भूकम्पले कोशी प्रदेशका हिमाली जिल्लामा असर पारेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा, ताप्लेजुङमा क्षति पुर्‍याएको छ । रामेछापका विभिन्न स्थानमा घरहरूमा क्षति पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म ६ वटा घर पूर्ण रूपमा भत्किएको र केही घरमा आंशिक क्षति पुगेको विवरण संकलन भएको छ।

ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण रूपमा भत्किएको छ भने सिद्धीचरण नगरपालिकाको चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ ।


सोलुखुम्बुको थुलुङ दूधकोशीमा हर्कबहादुर खत्रीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ङिमा शेर्पाको घर पूर्ण रूपमा भत्किएको छ।

संखुवासभाको भोटखोलामा तेन्जिङ शेर्पाको घर पनि भत्किएको छ भने ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, रामेछापमा एउटा गोठमा क्षति पुगेको छ भने सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ ।

प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिले भूकम्प आइरहँदा अताल्लिएर छतबाट हाम फालेको प्रहरीले जनाएको छ । दुवै खुट्टामा चोट लागेका उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको असरले बारामा ११ जना विद्यार्थी बेहोस भएका छन् । तर, हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’