९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तरकारी पकेट क्षेत्र विकास तथा बिस्तार कार्यक्रमको संयुक्त अनुगमन

१८ चैत्र २०७२, बिहीबार ०६:१९

सम्राट सिंह, चैत्र १८, बझाङ । गरिबी निवारण कोषको आर्थिक तथा सप्रोस नेपालको प्राविधिक सहयोगमा संञ्चालित तरकारी पकेट क्षेत्र विकास तथा बिस्तार कार्यक्रमको बुधबार संयुक्त अनुगमन गरिएको छ ।

?

?

जिल्लाको पाराकाट्ने गाविसको मोयल, वायल र कुचमा संञ्चालित कार्यक्रमको जिल्ला कृषि विकास कार्यालय,पशुसेवा कार्यालय तथा विभिन्न गैर सरकारी संस्थाका पदाधिकारी एवं पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको हो ।

सप्रोस नेपाल,जीआइ जेट र गाविसको सहयोगमा दिव्य ज्योती सामुदायिक संस्था मार्फत सुधारिएको घट्ट, धान कुट्ने हलर,सोलार ड्राइयर, ट्रनेलहरु र वायल स्प्रिङकलर सिचाई योजनाको निर्माण गरिएको थियो । सप्रोस नेपाल तथा जिआइ जेट संस्थाले सिचाई को सुविधाका लागि वायल स्प्रिङकलर सिचाई को व्यवस्था गरिदिदा पाराकाट्ने गाविसका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन ।

सिचाइको अभावले एक सिजन मात्र अन्नबाली लगाउने गरेका कृषकहरुले स्प्रिङकलर सिँचाई को सुविधा पाएपछि गाउँमा तरकारी र विभिन्न अन्नवालीहरु लगाउने गरेको दिव्य ज्योती सामुदायिक संस्था का अध्यक्ष जय बहादुर वलीले बताए । सिचाईको सुविधा भएपछि बर्षेनी झण्डै ४/५ लाखको तरकारी बजारमा बिक्री गर्ने गरेको उनको भनाइ छ । अनुगमनका क्रममा जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालयका प्रतिनिधिले कृषि बालि तथा पशुमा लाग्ने गरेका रोगको उपचारका बारे सुझाव दिएका थिए ।

२०६८ सालमा स्थापना भएको दिव्य ज्योती सामुदायिक संस्थामा रु.१० लाख बैंक मौजात रहेको समेत संस्थाका सदस्यले जनाएको छ । संस्थाको स्थानिय स्तरमा नै ३ वटा साना तरकारी संकलन केन्द्र स्थापना गर्ने र १ वटा भैरवनाथ गाविसको झोतामा ठूलो तरकारी संकलन केन्द स्थापना गर्ने लक्ष्य रहेको छ ।

सिचाइ सुविधा हुँदा अहिले सबै कृषकहरुले तरकारी बेचेर बार्षिक ४० देखि ५० हजार सम्म आम्दानी गर्ने गरेको कृषक दिनेश वलीले बताए । दिनभर गहुँ पिस्न लाग्थ्यो उनले भने सप्रोसले गाउँमै सुधारिएको पानी घट्ट निर्माण गरि दिएपछि धेरै सुविधा भएको छ ।

स्प्रिङकलर सिँचाइ योजना बनेपछि मोयल, वायल क्षेत्रका मानिसहरुले तरकारी खेती लगायत विभिन्न अन्नवाली उत्पादन गर्ने गरेकोे सप्रोस नेपालका जिल्ला संयोजक चन्द्र बहादुर सिंहले बताए ।
फोटो क्याप्सन : तरकारी मा देखिएका विभिन्न रोगबारे जानकारी दिदैै दिव्य ज्योती सामुदायिक संस्थाका महिला पदाधिकारीहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता