७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने

३ माघ २०८१, बिहीबार १२:५३

काठमाडौँ | अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

तामाङविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो।

जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी