२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

२०७४, १ श्रावण आईतवार ०४:३४

साउन १, भक्तपुर । मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । 

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन् । इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ । 

बस र चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनुभयो । 

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको शैलुंगेश्वरी यातायातको बा४ख १९९१ नंको बस र भक्तपुरतर्फ आउँदै गरेको बा८५प ९९२८ नंको मोटरसाइकल अरनिको राजमार्गअन्तर्गत गठ्ठाघर चोकमा एकापसका ठोक्किएर दुर्घटना भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला