Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

झापामा किशोरी बलात्कारको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

झापा | झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका- ६ थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् ।

उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुमारले ती किशोरीलाई हल्दिबारी गाउँपालिका- ४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।