2026-09-08 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रेमीलाई अविवाहित भनेर बोलेको झूटलाई बचाउन २ नाबालिग छोरीको हत्या

सुर्खेत । सल्यानको वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले विवाहेत्तर प्रेम सम्बन्ध बचाउन आफ्ना दुई नाबालिग छोरीको हत्या गरेको खुलेको छ । पूर्णिमाले पुस २४ मा २ छोरीको घाँटी थिचेर हत्या गरेकी हुन् ।

सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार, पूर्णिमा विगत ६ महिनादेखि फेसबुकमार्फत चिनजान भएका सल्यान शारदा नगरपालिकाका अविवाहित युवकसँग प्रेम सम्बन्धमा थिइन्। ती युवक हाल भारतमा बस्दै आएका थिए। प्रेम सम्बन्ध गाढा हुँदै गएपछि उनीहरूले विवाह गर्ने योजना बनाएका थिए।

पूर्णिमाले ती युवकलाई आफू अविवाहित भएको बताएकी थिइन्। आफ्नो विवाहको झूट लुकाउन र छोरीहरूको अस्तित्व ढाकछोप गर्न उनले यस्तो क्रूर कदम चालेको प्रहरीको भनाइ छ।

‘प्रेमीसँग विवाह गर्न चाहने पूर्णिमाले आफ्नो ३ वर्ष र ६ महिनाकी छोरीहरूको अस्तित्व लुकाउन घाँटी थिचेर हत्या गरेकी हुन्,’ डीएसपी न्यौपानेले भने।

पूर्णिमाका श्रीमान टेकबहादुर प्रायः मजदुरीका लागि घरबाहिर रहने गर्थे। घटनाको दिन पनि उनी नुवाकोटमा मजदुरीका लागि गएका थिए।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि पूर्णिमा र उनका प्रेमीको मोबाइल फरेन्सिक जाँच गर्न काठमाडौं पठाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित