2026-10-02 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाथीभरा झडप : तीन घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी

काठमाडौँ | पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।

केबलकार निर्माणको विरोध गरिरहेको समूहका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँको बिएण्डबि हस्पिटल ल्याइने भएको हो । घाइतेको अहिले विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ।

ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले विराटनगरबाट हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने गृहकार्य भइरहेको जानकारी आफूलाई प्राप्त भएको बताए। ‘यहाँबाट सिडिओ साबले समेत समन्वय गरिरहनु भएको छ, विराटनगरबाटै प्रशासनिक समन्वय हुन्छ,’ रावलले भने।

घाइते याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौँ लैजाने तयारी रहेको छ। पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार अपरान्ह र साँझ गरी केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। सो क्रममा गम्भीर भएका तीन जनालाई थप उपचारका लागि शनिबार राति नै विराटनगरतर्फ पठाइएको थियो।

सुरक्षाकर्मीले चलाएको गोली लागि ‘नो केबलकार पक्षधर’ गम्भीर घाइते भएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। जिल्ला प्रहरी प्रमुख रावलले झडपका क्रममा घाइते नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका ४ गरी ७ जना सुरक्षाकर्मीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

झडपका क्रममा दुवै पक्षका गरी करिब २५ जना घाइते भएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’