ताराबहादुर महत। श्रावण ५, दोलखा । जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सुचना आयोगद्वारा आज चरिकोटमा आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत। श्रावण ५, दोलखा । जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सुचना आयोगद्वारा आज चरिकोटमा आयो"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एक–एक हिसाब किताब जनतालाई बुझाउ ः सुचना आयुक्त पोखरेल

५ श्रावण २०७४, बिहीबार १३:२४

ताराबहादुर महत। श्रावण ५, दोलखा । जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सुचना आयोगद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि एक दिवसिय अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा आयुक्त पोखरेलले राजनितिक दलका जनप्रतिनिधिहरुले कानुन बनाएर स्थापित गरेको सुचनाको हक कार्यान्वयन गराउने प्रमुख जिम्मेवारी उनीहरुको रहेको बताउनुभयो । एक अर्को प्रसङ्गमा उहाँले पत्रकारहरुले प्राप्त सुचनाको पुष्टी गराएर मात्र समाचार लेख्नुपर्ने बताउनुभयो । पुष्टी गराएर समाचार लेख्दा समाचारको प्रभावकारीता बढ्ने र सहि सुचना पाउने जनताको अधिकारको पनि सम्मान हुने पोखरेलको भनाई छ ।

कार्यक्रममा बोल्नुहुँदै दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले अधिकारप्रति सचेत तर कर्तव्यप्रति उदासिनता देखाउने प्रवृत्तिले सुचनाको हक कार्यान्वयनमा केहि समस्या रहेको गुनासो गर्नुभयो । साथै प्रक्रिया पु¥याएर आएमा कुनै पनि सुचना पाउनबाट कसैले बञ्चित हुनु नपर्ने उहाँको भनाई थियो । त्यसैगरी भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सुचनाको हकमा गोप्य राख्नुपर्ने भनि उल्लेख गरिएका ५ वटा विषय बाहेकका सबै सुचना नागरिकमा प्रवाह गर्न आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा आयोगका उपसचिव अच्युत पौडेल र गोरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक शिवकुमार भट्टराईले सुचनाको हक र नेपालको प्रेसका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, राप्रपा नेपाल दोलखाका उपाध्यक्ष नवराज श्रेष्ठ, एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तान, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता