2026-09-27 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२७ वर्षअघि हराएका मानिस महाकुम्भ मेलामा भेटिएपछि…

एजेन्सी | भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा विश्वका करोडौं मानिस आएका छन् । भिडभाडमा सँगै गएको कोही छुट्यो भने पुन: फेला पार्न निकै मुस्किल पर्छ । तर, मेलामा छुट्टिने मात्रै होइन कोही वर्षौं पहिले हराएकाहरू भेटिन्छन् पनि ।

झारखण्डका एक परिवारले २७ वर्षदेखि हराएको आफ्नो परिवारका सदस्यलाई हाल प्रयागराजमा जारी कुम्भमेलामा भेट्टाएको दाबी गरेका छन्। हराएका गंगासागर यादव अहिले ६५ वर्षीय अघोरी साधु बाबा राजकुमारका रुपमा फेला परेका हुन्।

गंगासागर सन् १९९८ मा पटना जाने क्रममा हराएका थिए। उनको केही पत्ता नलाग्दा पत्नी धनवा देवीले दुई छोरा कमलेश र विमलेशलाई एक्लै हुर्काएकी थिइन्।

गंगासागरका कान्छा भाइ मुरली यादवले भने, “धेरै वर्षसम्म उनलाई नफेला हामीले आशा छाडेका थियौं। तर कुम्भमेलामा सहभागी एक जना नातेदारले गंगासागर जस्तै देखिने व्यक्तिको फोटो खिचेर पठाएपछि हामीले उनलाई खोजेर भेट्यौं। फोटो हेरेर म, धनवा देवी र छोराहरू कुम्भमेला गएर उनलाई घर फर्काउन खोजेका हौं।”

तर बाबा राजकुमारले आफ्नो पूर्व परिचय गंगासागर यादवको रूपमा स्वीकार गर्न अस्वीकार गरे। उनले वाराणसीका साधु हुने दाबी गर्दै अघिल्लो जीवनसँग कुनै सम्बन्ध नराखेका छन्।

परिवारले उनलाई गंगासागर नै भन्ने जोड दिँदै लामो दाँत, निधारमा चोटको चिन्ह र घुँडामा निशानलाई पहिचान गराएका छन्। धनवा देवी र मुरली यादवले उनको वास्तविक परिचय पुष्टि गर्न डीएनए परीक्षण मागेका छन्।

मुरली यादवले भने, “कुम्भमेला समाप्त हुन्जेल हामी प्रतीक्षा गर्नेछौं। यदि डीएनए परीक्षणले मेल नखायो भने बाबा राजकुमारसँग माफी माग्नेछौं।”

केही परिवारजन घर फर्किए भने केहीले बाबा र उनकी साध्वीसँग नजर राखेका छन्। मेला सकिएपछि डीएनए नतिजा आधारमा कानूनी कारबाही गर्न तयार छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह