८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अछाम मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा ह-त्या

१९ माघ २०८१, शनिबार १२:२८

धनगढी । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको हत्या भएको खुलेको छ ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरी (फूपुभदैनी नाता पर्ने) को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुई वटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ ।

प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिवर्तित नाम (६९ मङ्गलसेन ७३) र (६९ मङ्गलसेन ७६) राखेको छ । बालक भएकाले उनीहरूको नाम नखुलाइएको अछामका प्रहरीले बताए ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरा परिवर्तित नाम ६९ मङ्गलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मङ्गलसेन ७६ को प्रेमिका रहेको खुलेको छ । ती बालकहरूले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार, मृतक इशरा खड्का र एक आरोपी किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो।

हत्या आरोपी किशोरहरू माघ महिनामा कोसेली लिएर फुपुको घर गएका थिए। सोही मौकामा किशोरीहरूसँग भेट्ने योजना बनाएर छिन्ने जंगल पुगेका थिए।

पहिलो भेटमा मृतक इशरा खड्काले परिवर्तित नाम ६९ मङ्गलसेन ७३ किशोरलाई चुन्नी(दोपट्टा) साटे | त्यसपछि परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले पनि मृतक सरस्वती खड्कालाई प्रेम प्रस्ताव राख्दै इशारा र ६९ मंगलसेन ७३ जस्तै पछि विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गरे। तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरिन् | प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरे। जब सरस्वतीले प्रतिवाद गरिन्, उनले ढुंगाले हानेर उनको हत्या गरे। हत्या लुकाउन उनले भीरमाथिबाट ठूलो ढुंगा खसाले। ढुंगा खस्ने आवाज सुनेर जब इशरा खड्का घटनास्थलमा आइन्, सरस्वतीको शव देखिन | इशराले आरोपितहरूलाई सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गर्ने बताइन्। त्यसपछि आरोपितहरूले इशरालाई पनि मार्ने योजना बनाए। दुवैले मिलेर ढुंगा प्रहार गर्दै उनको पनि हत्या गरेको प्रहरीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता