२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या, यसरी पत्ता लाग्यो घटना

२०८१, २० माघ आईतवार ११:५५

विराटनगर | विराटनगर महानगरपालिका– ५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको छ ।

प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार चाँदनी यादवको शव फेला परेको थियो ।

चाँदनीको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिनापछि ११ माघमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यद्यपि, प्रहरीले हत्याको मिति पत्ता लगाउन घटनाको अनुसन्धानका गर्दै आएको र पक्राउ परेकाहरूबाट भने घटनाका बारेमा थप कुरा खुल्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।

‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवा आमाले मामाघर ल्याएका रहेछन् । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबु आमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोँकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघर तर्फका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौँ । थप विषय खुल्दै जानेछ । हामीले गहन तरिकाले अनुसन्धान सुरु गरेका छौँ ।’

प्रहरीले यस घटनामा आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा चाँदनीका मावली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मिला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेकाहरूले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको जानकारी डीएसपी जोशीले दिए । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए ।

हत्या गरेको भोलिपल्ट आमा र दाजु लागे घर

चाँदनीको हत्या गरेपछि मामा घरबाट १ सय २५ फिट उत्तरमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडा सहितको शव गाडिएको थियो । चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर भोलिपल्ट आमा र दाजु भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि आमा राजकुमारी र चाँदनीको दाजु घर फर्किएछन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक अनुसन्धान अधिकृतले भने, ‘हत्या कसरी गरियो भन्ने यकिन छैन । त्यस विषय पत्ता लगाउन हामीले पक्राउ परेकासँग थप सोधपुछ र थप सबुत प्रमाण खोज्दैछौँ ।’

हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिने अवस्था नरहेको प्रहरीले बताएको छ । ‘हेरेर अनुमान गर्न सक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।

शव गाडिएको यसरी पत्ता लाग्यो
चाँदनी मामाघर आएको र छर छिमेकीहरूले उनलाई नदेखेपछि गाउँघरमा हल्ला चल्यो । चाँदनी बेपत्ता भइन् । चाँदनी बेपत्ता भएको जानकारी आउनासाथ प्रहरी पुग्दा हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए ।

प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । मामाघरको हजुरबुवा र आमाको कुरा बाझिएपछि घटना रहस्यमय रहेको भन्दै मोरङ प्रहरीबाट अनुसन्धान टोली परिचालन भयो ।

‘बालिकाका बारेमा सोधी खोजी गर्दा वास्तै गरेनन् । बाबुआमा र मावली हजुरबुवाको भूमिका शङ्कास्पद देखियो । बारम्बार कुरा फेर्न थालेपछि शङ्का लागेर थप खोजतलास गर्दा शव फेला परेको हो,’ डिएसपी जोशीले भने । मृतक चाँदनीकी आमा राजकुमारीकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ