Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानकी इश्वरि बिकको याचना– ‘विन्ती मलाइ बचाउनुस्’

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ६, सल्यान । दुबै मिर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने भएपछि सल्यानकी इश्वरि बिकले सक्दो सहयोग गरेर आफुलाइ बचाइदिन अनुनय गरेकि छिन् ।

त्रिवेणि गाउँपालिका वडा नम्बर ६ तिमिले श्रीचौर निवासि डिल्ली बहादुर विककी ४९ वर्षिय श्रीमती इश्वरिले घरको आर्थीक अवस्था साह्रै कमजोर भएको र भएको रकम पनि सबै सकिएकोले मिर्गौला प्रत्यारोपणका लागी सहयोगको याचना गरेकि हुन् । उनले टेलिफोनमा भनिन्– ‘तपाइको थोरै सहयोगले मैले जीवन पाउन सक्छु, विन्ती छ मलाइ बचाउनुस् ।’

उनले अहिले कोहलपुर स्थीत शिक्षण अस्पतालमा डाइलोसिस गराइरहेकी छिन् । २०७३ को जेठमा विरामीले थला परेकी इश्वरिको दुवै मिर्गाैला फेल भएको शिक्षण अस्पताल काठमाण्डौमा परिक्षण गर्दा पत्ता लागेको थियो । उनका श्रीमान डिल्लीले आफु बैदेशिक रोजगारको शिलशिलामा साउदीमा रहँदा श्रीमती विरामी परेपछि घर फर्किएर अहिले सम्म निरन्तर उपचारमै लागिपरेको जनाए ।

उपचार गर्दागर्दै आफुसंग भएको १४ लाख रुपैया सबै सकिएको जनाउँदै उनले अव मिर्गौला प्रत्यारोपणका लागी आर्थीक अभाव रहेको जनाए । उनका अनुसार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारि छ । जसका लागी उनी श्रीमतीलाइ लगेर यहि साउन १४ गते सम्म काठमाण्डौ जाने तयारिमा रहेका छन् ।

तर काठमाण्डौ जान, बस्न, खान समेत पैसाको अभाव रहेकोले डिल्लीले त्रिवेणि गाउँपालिकाको ६ नम्बर वडा कार्यालयले आर्थीक सहयोग संकलनका लागी बनाइदिएको शिफारिस बोकेर सहयोगी हातहरु खोज्दै हिडिरहेका छन् ।

उनले सहयोग गर्न चाहने इच्छुक समूह, संस्था वा व्यक्तिलाइ कुमारि बैंकमा रहेको खाता नम्बर ३५ २२ ५२ ४६ ९१ ३४ ०० १३ मा सक्दो रकम जम्मा गरिदिन वा मोवायल नम्बर ९८१६५५४००८ मा फोन गर्न अनुरोध गरेका छन् । घरपरिवारमा एक छोरा र बुहारि मात्रै रहेको जनाउँदै डिल बहादुरले इश्वरिको उपचारका लागी छोरावुहारिले पनि केहि सहयोग नगरेको दुःखेसो पोखेका छन् ।