२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता

२०७४, ६ श्रावण शुक्रबार १२:३४

साउन ६, हेटौंडा । कैलाश गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

सामुदायी सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा कैलाश गाउँपालिकामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले गाँजा,अफिम लगायत अबैध लागूऔषध खेतीलाई निरुत्साहित गर्न गाउँपालिकाले अभियान सञ्चालन गर्ने बताउनुभयो । त्यसको लागि नयाँ आर्थिक वर्षको बजेटमा समेत विषेश कार्यक्रम राखिने उहाँले बताउनुभयो । विकास र अन्य आर्थिक स्रोतको अभावमा यस क्षेत्रका जनता लागूऔषध खेती गर्न बाध्य रहेको लामाको भनाई छ । उहाँले भरियाको रुपमा ब्यापारीले प्रयोग गरेको सबैभन्दा बढि यसै क्षेत्रका युवाहरु कारागारमा रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले लागूऔषध खेती गैह्र कानूनी भन्ने थाहा भएपनि आर्थिक प्रलोभनमा यस क्षेत्रमा खेती नरोकिएको बताउनुभयो । लागूऔषध मुक्त गाउँपालिका निर्माणको लागि प्रहरी प्रशासनले जनशक्ति परिचालनदेखि सचेतना कार्यक्रमहरुमा सहयोग गर्ने बताउनुभयो ।

वडा अध्यक्षहरुले आफ्नो वडामा लागूऔषध,दुब्र्यसनी र अपराध न्युनिकरणको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टल प्रहरी प्रशासन र समुदाय मिलेर काम गर्न सके अपराध नियन्त्रणमा धेरै सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कैलाश गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ,समुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल,निवर्तमा अध्यक्ष कुमार पौडेल,संस्थापक सचिव श्यामकृष्ण खतिवडा,कोषाध्यक्ष राम प्रसाद कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह