७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा सुनसहित एक महिला पक्राउ

२२ माघ २०८१, मंगलवार १२:४७

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने धातुसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङ छिन् ।

लुकाइछिपाइ भन्सार छली गरी ल्याउन लागेको उक्त धातुसहित सोमबार (माघ २१) दिउँसो मैयाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनी थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएकी थिइन् । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट उक्त धातुसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी