७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज

२२ माघ २०८१, मंगलवार १३:३७

नुवाकोट | नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा भेटिएका छन् ।

बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत भेटिएका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए । मृतकका भाइ हरिहर तिवारीले त्यही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत् घटनाको जानकारी पाएको बताए ।

तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए । पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन् । हरिहरका अनुसार कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा थिए ।

अन्तिमपटक घटनाको एक सताअघि दाजुसँग कुरा भएको हरिहरले बताए । घटनाको केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन् । उनले आफ्नो दाइले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुनसक्ने आशंका गरे । घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिहरूविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनले बताए ।

बेलकोटगढी–१० का वडाअध्यक्ष प्रल्हाद थपलियासहित आफूहरू जाहेरी दिन गए पनि प्रहरीले नमिल्ने भन्दै फर्काइदिएको हरिहरले बताए । कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई नबुझ्ने अडान परिवारको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको पुष्टि गरे । उनले दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशबिना मृतकको अडियोका आधरमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालका भएका मानिसका कारण म मर्दैछु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन’, रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोष्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ । त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ । रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ ।’

जिल्लामा जाहेरी लिन नमानेपछि आफूहरु प्रहरीको साइबर ब्यूरोमा गएकोमा त्यहाँ पनि जाहेरी लिन नमानेको मृतक परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी