२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बर्षातका कारण २० दिनदेखी नाग्म गमगढी सडक बन्द

२०७४, ७ श्रावण शनिबार ०३:१८

दान बहादुर बुढा | साउन ७, मुगु | गर्त बर्ष भन्दा यो बर्ष असारको पहिलो महिना देखी अबिरल बर्षाका कारण नागग्म गमगढी सडक खण्डको दर्जनौं ठाउँमा सडक बिग्रेपछि सडकखण्ड २० दिनदेखी बन्द हुँदा मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि भएको छ ।

कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडकका कारण साना तथा ठूला मालबाहक तथा सवारी साधनका गाडी, बस, जिप, ठाँउ-ठाउमा बन्दले अड्किएका छन ।

दौनिक उपभोग्य बस्तु, निमार्ण सामाग्री, लगाएत अन्य सरकारी कार्यालय प्रयोजनका सामान बोकेका मालबाहक गाडीहरु तथा यात्रुहरु सवारी समेत सडक अवरुद्हुदा बिच सडकमै अलपत्र परेका छन । लगातार बर्षातले नाग्म गमगढी सडक खण्ड तथा अन्य ग्रामीण सडकहरु भत्किएपछि आपत्कालिन परेका बिरामीहरु तथा बुढा-पाकाहरुलाई आवत-जावत गर्न समेत असहज भएको छ ।

लामो समय सम्म सडक बन्दहुदा सोकार वाला निकाय सडक डिभिजन कार्यालय जुम्ला मुखदसक भएर बसेको छ । जिल्ला प्रशासन कार्यालय मुगु बाट र मुगु उद्योग बाणिज्य संघ मुगु बाट सडक सन्चालन गर्नको लागीडिभिजन कार्यालय जुम्लालाई पटक पटक फोन तथा पत्रचार गर्दा पनि डिभिजन कार्यालय चुपचाप भएको छ भर्ने फोन पनि उठाउन छाडेको मुगु उद्योग वाणिज्य संघ मुगुका महाँसचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

 हिजो आज गमगढी बजारमा चामल, ग्यास दैनिक उपभोग्य बस्तुहरुको, सामानहरुको मूल्य बढेको छ । भने अर्को तर्फ बजारमा दौनिक उपभोग्य बस्तुहरु सटेजहुन लागी रहेको छ ।

ब्यापारीहरुलाई निकै गारो भएको छ । सडक डिभिजन कार्यालयले सडक डवल रोड बनाउदा जथाबाभि काम गरेको गाडीगुड्न समस्य भएको छ । भने ब्यापारी सामानहरु बिच बिच बाटोमा रहेको छ भर्ने बजारमा ग्यास र चामलको अभाव रहेको छ सरोकार वालानिकायले समयमा बाटो बनाई दिएको भए सहजरुपमा सामान आउने र सामानको अभाव नहुने ब्यापारी कामना स्टोरकी साउनि बाचुकला रावतले बताएकि छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी