८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

५ औँ खेलमा पनि रोकिएन नेपालको हारको शृङ्खला, आज नेदरल्याण्ड्ससँग १० विकेट पराजित

२३ माघ २०८१, बुधबार १५:२०

काठमाडौँ | महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल लगातार पाँचौं खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेदरल्याण्ड्सको भने यो तेस्रो जित हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका लागि स्टेरे कालिस २ रनले शतकबाट चुकिन् । स्टेरे ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन् ।

यसअघि नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । ५१ बलमा ५ चौका प्रहार गर्र्दै पूजा ६२ रनमा अविजित रहिन् ।

पाँचौं बलमा सम्झना खड्का ६ र २.४ ओभरमा ममता चौधरी १ रनमा आउट हुँदा धर्मराएको नेपाली ब्याटिङलाई पूजा र कप्तान इन्दु बर्माको साझेदारीले सम्मानजनक योगफलतर्फ लग्यो ।

तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरे । इन्दुले भने ३९ रन बनाइन् । रुबिना क्षेत्रीले २० रन बनाउँदा कविता जोशी भने ७ रनमा अविजित रहिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले २ तथा हेदर सिगर्स र क्यारोलिन डे लाङ्गेले १–१ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता