लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । गएराती परेको पानीले सडक माथिवाट बिभिन्न स्थानमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । गएराती परेको पानीले सडक माथिवाट बिभिन्न स्थानमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुले"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बांगाबगरमा पहिरो खस्दा बिहानैदेखी महाकाली राजमार्ग अवरुद्ध

७ श्रावण २०७४, शनिबार ०४:२६

लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । गएराती परेको पानीले सडक माथिवाट बिभिन्न स्थानमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्र्तगत पर्ने डिलाशैनी ६ बांगाबगरमा आज बिहान ५ बजे पहिरो जादा यातायात अबरुद्ध बनेको स्थानिय बासिन्दा सुरेश श्रेष्ठ जानकारी दिनुभयो ।

बांगाबगरमा माथिवाट आएको पहिरोका कारण सडक अबरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द भएको हो । अबरुद्ध सडक खुलाउन जेसिवी लगाईएको र दिउँसोसम्म सडक पुन सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय बैतडिले जनाएको छ । यातायातका साधन पुर्ण रुपमा बन्द हुदा बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका छन । सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन ।

वि स २०६० सालमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

वि स २०६० साल असारमा आएको पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । प्रत्येक बर्ष आउने पहिरोले बांगाबगर बासीलाई चिन्तित बनाएको छ ।

यस्तै महाकाली लोकमार्ग अन्तरगत पर्ने दार्चुलाको गोकुलेश्वर देखी सदरमुकाम खलंगासम्म पनेबाज, दत्तु, धाप, किम्तडि लगायतका बिभिन्न स्थानमा पहिरो खस्दा सडक पुरै अबरुद्ध बनेको छ । अहिले पहिरो पन्छ्याउँने काम भइरहेकोले दिउँसोसम्म सडक खुल्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डियसपी केदार खनालले जानकारी दिनुभयो । जिल्लाका बिभिन्न ग्रामिण सडकहरुसमेत अबरुद्ध हुदा आवतजावतमा निकै सास्ती खेप्नुपरेको यात्रुहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य