७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ

२४ माघ २०८१, बिहीबार १३:५३

काठमाडौँ | प्रहरीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर डर, त्रासको वातावरण सिर्जना गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा खुकुरी देखाउने र गुन्डागर्दीमा रहेको सूचनाका आधारमा काठमाडौंका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन्। यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ।

उनीहरूले १०/१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडिओ बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए।

पक्राउ परकोहरूविरूद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा अनुसन्धान गर्ने बताएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समाजमा आतंक सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरूद्ध कडा रुपमा प्रस्तुत हुने नीति अनुसार कारबाही प्रक्रिया थालिएको प्रमुख एसएसपी रमेश बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?