साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल का"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्लवको आयोजनामा शुक्लाफाँटा नगरपालिका ८ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

७ श्रावण २०७४, शनिबार १२:५१

साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

क्लवको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रम शुक्लाफाँटा नगरपालिकाको वार्डनं. ८ को पारिफाँटा, फुलेली, मुक्ति शिवीर हुँदै बग्ने घरकटुवा नदिको खाली जमिनमा भएको हो । लिप्टीस, अमला, बकाईनो, सगुन, डाले घासँ लगायतका विभिन्न जातका ५ हजार बढी विरुवाहरु रोपिएको क्लवका सचिव अर्जुन भट्टले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष देखी क्लवले सुरु गरेको ‘ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरगत यस वर्ष २ लाख विरुवाहरु रोप्ने लक्ष्य राखीएको क्लवका अध्यक्ष दिपकराज भट्टले बताउनुभयो । मुक्ति शिविरमा भएको छलफल कार्यक्रममा वाड नं. ८ का वडा अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि बहादु्र महराले कार्यक्रमलाई सम्बोधन गर्दै वृक्षारोपणले पछिल्ला बर्षहरुमा नदि कटान नियन्त्रण मात्रै नभएर जैविक विविधता र वातावरण संरक्षणमा समेत ठुलो टेवा पुग्दै आएको बताउनुभयो ।

 विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको जेपि स्पोट्स क्लवले अघिल्लो वर्ष शुक्लाफाँटा नगरपालिकाका विभिन्न स्थानमा दुई लाख विरुवा रोपेको क्लवले जनाएको छ । ‘एक घर दुई विरुवा रोपौं’ भन्ने नाराका साथ यस वर्ष विभिन्न सामुदानियक वन तथा नर्सरीबाट संकलन गरिएका विभिन्न जातका विरुवाहरु रोप्ने कार्यक्रम भएको क्लवका अध्यक्ष भट्टले बताउनुभयो । ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरगत सरसफाई तथा वातावरण संरक्षणका विभिन्न कार्यक्रमहरु वर्ष भरी गरिने क्लवले जनाएको छ । आज भएको वृक्षारोपण कार्यक्रममा लिप्टीस, बकाईनो, अमला, डाले घासँ र सगुन लगायतका विरुवाहरु रोपिएका हुन ।

 स्थानियवासी तथा क्लवको सहयोगमा केही बर्षयता नदिहरुमा हुने चरिचरन बन्द गर्दै बृक्षारोपणका कार्यक्रमहरुलाई विस्तार गर्नाले नदि कटानको समस्या समाधान हुँदै गएको वार्ड नं ८ कि वाडा सदस्य विमला चौधरीले बताउनु भयो । जेपि स्पोट्स क्लवले नदि नियन्त्रणका लागी तारजाली भन्दा जैविक तटबन्ध कयौ गुणा प्रभावकारी र दिगो भएको भन्दौ शुक्लाफाँटा नगरपालिकाका सबै नदिमा ‘ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरत नदि किनार र नदि तटिय खाली भु्–भागमा वृक्षारोपण कार्यलाई तिव्रता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता