साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल का"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्लवको आयोजनामा शुक्लाफाँटा नगरपालिका ८ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

२०७४, ७ श्रावण शनिबार १२:५१

साउन ७, कञ्चनपुर | जेपि स्पोस्ट्स क्लवको आयोजनामा शुक्लमफाँटा नगरपालिकाको वार्डनं. ८ मा वृक्षारोपण गरीएको छ । आज पारिफाँटाको घरकटुवा नदिमा वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

क्लवको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रम शुक्लाफाँटा नगरपालिकाको वार्डनं. ८ को पारिफाँटा, फुलेली, मुक्ति शिवीर हुँदै बग्ने घरकटुवा नदिको खाली जमिनमा भएको हो । लिप्टीस, अमला, बकाईनो, सगुन, डाले घासँ लगायतका विभिन्न जातका ५ हजार बढी विरुवाहरु रोपिएको क्लवका सचिव अर्जुन भट्टले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष देखी क्लवले सुरु गरेको ‘ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरगत यस वर्ष २ लाख विरुवाहरु रोप्ने लक्ष्य राखीएको क्लवका अध्यक्ष दिपकराज भट्टले बताउनुभयो । मुक्ति शिविरमा भएको छलफल कार्यक्रममा वाड नं. ८ का वडा अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि बहादु्र महराले कार्यक्रमलाई सम्बोधन गर्दै वृक्षारोपणले पछिल्ला बर्षहरुमा नदि कटान नियन्त्रण मात्रै नभएर जैविक विविधता र वातावरण संरक्षणमा समेत ठुलो टेवा पुग्दै आएको बताउनुभयो ।

 विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको जेपि स्पोट्स क्लवले अघिल्लो वर्ष शुक्लाफाँटा नगरपालिकाका विभिन्न स्थानमा दुई लाख विरुवा रोपेको क्लवले जनाएको छ । ‘एक घर दुई विरुवा रोपौं’ भन्ने नाराका साथ यस वर्ष विभिन्न सामुदानियक वन तथा नर्सरीबाट संकलन गरिएका विभिन्न जातका विरुवाहरु रोप्ने कार्यक्रम भएको क्लवका अध्यक्ष भट्टले बताउनुभयो । ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरगत सरसफाई तथा वातावरण संरक्षणका विभिन्न कार्यक्रमहरु वर्ष भरी गरिने क्लवले जनाएको छ । आज भएको वृक्षारोपण कार्यक्रममा लिप्टीस, बकाईनो, अमला, डाले घासँ र सगुन लगायतका विरुवाहरु रोपिएका हुन ।

 स्थानियवासी तथा क्लवको सहयोगमा केही बर्षयता नदिहरुमा हुने चरिचरन बन्द गर्दै बृक्षारोपणका कार्यक्रमहरुलाई विस्तार गर्नाले नदि कटानको समस्या समाधान हुँदै गएको वार्ड नं ८ कि वाडा सदस्य विमला चौधरीले बताउनु भयो । जेपि स्पोट्स क्लवले नदि नियन्त्रणका लागी तारजाली भन्दा जैविक तटबन्ध कयौ गुणा प्रभावकारी र दिगो भएको भन्दौ शुक्लाफाँटा नगरपालिकाका सबै नदिमा ‘ग्रिन क्लीन शुक्लाफाँटा’ अभियान अन्तरत नदि किनार र नदि तटिय खाली भु्–भागमा वृक्षारोपण कार्यलाई तिव्रता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी