मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय

साझासवाल
1 Min Read

काठमाडौँ | कृषि विज्ञका रूपमा परिचित र आफैले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार मदन राईलाई साढे दुई वर्षको कैद सजाय तोकेको तहशिलदार सुदिपकुमार भट्टराईले जानकारी दिए।

यस कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको हो।

भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको पनि ठहर गरेको छ।

यस कसूरमा माघ १० गते न्यायाधीश दाहालको इजलासले दोषी ठहर गरेको थियो।

Share This Article