७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा अदालतमा दायर

२७ माघ २०८१, आईतवार १५:२०

काठमाडौँ | काठमाडौं जिल्ला अदालतमा नेपाली कलाकारहरू केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहित अन्य कलाकारहरूको जाहेरीको आधारमा रोशन पराजुलीविरुद्ध मुद्दा दायर भएको छ।

रोशन पराजुलीमाथि नर्वेमा फिल्म छायांकन गर्ने बहानामा मानव तस्करी गरेको आरोप लागेको छ। उनले ‘तिम्रो नजर’ नामक चलचित्रको छायांकनका लागि १४ जनालाई नर्वे लैजान दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए। तर, नर्वे दूतावासले काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा बुझ्दा यो योजना नक्कली रहेको खुलेको थियो।

घटनापछि केकी, आर्यन र दीपकले सामाजिक सञ्जालमार्फत आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका थिए। उनीहरूले सीआईबीमा किटानी जाहेरी दिँदै आफ्नो नाम र कागजात दुरुपयोग गरिएको गुनासो गरेका थिए।

अनुसन्धानका क्रममा पराजुलीले ब्लुबर्ड प्रालि नामक नक्कली फिल्म कम्पनी खडा गरी, नेपाल पर्यटन बोर्डको कागजातसमेत कीर्ते गरेको प्रमाण फेला परेको छ। अभियोगपत्रमा उल्लेख भएअनुसार उनले गैरकलाकारहरूलाई कलाकारको रूपमा भिसा दिलाउने भन्दै ठगीसमेत गरेका थिए।

सरकारी वकिल कार्यालयले पराजुली फरार रहेको भन्दै मुलुकी फौजदारी संहिताअनुसार पक्राउ पूर्जी जारी गर्न अदालतसँग माग गरेको छ। साथै, पीडितहरूलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी