७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फर्पिङमा स्कुल बस दुर्घटनामा पर्दा चालकसहित चारको मृत्यु

२७ माघ २०८१, आईतवार १७:५८

काठमाडौँ | काठमाडौंको दक्षिणकाली नगरपालिका-३ फर्पिङस्थित भन्ज्याङमा स्कुल बस दुर्घटनामा पर्दा चालकसहित ४ जनाको मृत्यु भएको छ।

फर्पिङ प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे जुनकिरी इंग्लिस स्कुलका करिब ५० जना विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा चालक र तीन विद्यार्थीको मृत्यु भएको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले देशसञ्चारलाई जानकारी दिए। ‘चालकसहित चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ,’ उनले भने।

दुर्घटनाका घाइतेलाई दक्षिणकालीस्थित अस्पतालमा उपचारका लागि लगिएको प्रत्यक्षदर्शीले देशसञ्चारलाई बताए। त्यस्तै, कतिपय घाइतेलाई स्थानीय अस्पताल र मेडिसिटी अस्पतालमा पनि उपचारका लागि लगिएको छ।

बसमा करिब ५० जना बालबालिका थिए।

घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीले थप उद्धार जारी राखेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या