साउन ८, नुवाकोट | अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३ सय ७० वर्ष ७ महिना २२ दिन कैद सजायँसहित एक करोड ९१ लाख ७२ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, नुवाकोट | अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३ सय ७० वर्ष ७ महिना २२ दिन कैद सजायँसहित एक करोड ९१ लाख ७२ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी "/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा एक हजार कैदी फरार

८ श्रावण २०७४, आईतवार ०३:३२

साउन ८, नुवाकोट | अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३ सय ७० वर्ष ७ महिना २२ दिन कैद सजायँसहित एक करोड ९१ लाख ७२ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ ।

फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवाना लागेका वा सरकारी बिगो बुझाउन बाँकी व्यक्ति पक्राउ गरी असुलउपर गर्ने अभियान जारी रहे पनि यहाँका एक हजार कैदी अझै फरार रहेका छन् । 

फरार रहेका कैदीमा मानव बेचबिखन, ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगलगायतका मुद्दामा दोषी ठहरिएका रहेका छन् । आव ०७३÷७४ मा ४ सय ७५ जना दोषी ठहर भएका कैदी पक्राउ गरी उनीहरुबाट ३ सय ६५ वर्ष एक महिना सात दिनको कैद भुक्तानी गरिएको स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए । 

पक्राउ परेका कैदीबाट जरिवाना असुलतर्फ २९ लाख २९ हजार रुपैयाँ लगत कट्टा गरिएको छ । न्यायालयबाट दोषी ठहर भएर फरार रहेकाबाट कैद र जरिवाना भराउन नुवाकोट जिल्ला अदालतले लक्ष्य पूरा गर्दै आएकाले दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास भइरहेको स्रेस्तेदार विष्टले बताए । अदालतको फैसला कार्यान्वयनमा मुख्य भूमिका निर्वाह गर्दै आएको जिल्ला प्रहरी कार्यालय, नुवाकोट मुलुकभरको प्रहरी संगठनमा गएको वर्ष उत्कृष्ट हुँदै सम्मानित समेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता