2026-09-27 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

छुरा प्रहार गरी भारतीय अर्बपति रावको हत्या, २९ वर्षीय नाति पक्राउ

काठमाडौँ | भारतीय राज्य तेलंगानाको राजधानी हैदराबादबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ।

त्यहाँ वेल्जन ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक ८६ वर्षीय वेलामती चन्द्रशेखर जनार्दन रावको आफ्नै घरमा हत्या भएको हो।

अर्बपति वेलामतीको हत्याको आरोप अरू कसैलाई नभएर उनका आफ्नै २९ वर्षीय नाति किलारु कीर्ति तेजालाई लागेको छ। यही फेब्रुअरी ६ राति सोमाजीगुडास्थित वेलामतीको घरमा ७० पटकभन्दा बढी चक्कुले आक्रमण गरियो।

रिपोर्टअनुसार सम्पत्ति बाँडफाँडलाई लिएर भएको चर्को विवादपछि हत्या गरिएको हो। तेजाले आफ्नो हजुरबुबालाई सम्पत्ति राम्ररी बाँडफाँड नगरेको आरोप लगाउँदै विरोध गरेको बताइएको छ।

यो विवादपछि रिसको आवेगमा तेजाले रावलाई धेरैपटक छुरा प्रहार गरेको आरोप छ। उनको शरीरमा ७० ठाउँमा चक्कुका चोट लागेका छन्।

झगडाका क्रममा तेजाकी आमा अर्थात् रावकी छोरी सरोजिनी देवीले छुट्याउने प्रयास गरेकी थिइन् तर सकिनन्। उनलाई पनि चोटपटक लागेको छ। उनलाई अस्पताल लगिएको छ र हाल उपचार जारी छ।

अमेरिकाबाट स्नातकोत्तर डिग्री पूरा गरेपछि तेजा हालै हैदराबाद फर्किएका थिए। उनी र उनकी आमा छुट्टाछुट्टै बस्थे तर आक्रमण हुनुभन्दा अघि दुवै जना रावको निवासमा थिए। आक्रमणपछि तेजाविरुद्ध हत्या आरोपमा जाहेरी दर्ता गरिएको छ। उनलाई फेब्रुअरी ८ मा हिरासतमा लिइएको थियो र प्रहरीले अपराधबारे थप अनुसन्धान सुरु गरेको छ।

जनार्दन राव एक प्रसिद्ध उद्योगपति थिए। जहाज निर्माण, ऊर्जा र औद्योगिक अनुप्रयोगसहित धेरै क्षेत्रमा उनको योगदान थियो।

एलुरुको सरकारी जनरल अस्पताल र तिरुमला तिरुपति देवस्थानम जस्ता संस्थाहरूलाई गरेको परोपकारी दानका लागि पनि उनलाई सम्झिइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह