७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार

२९ माघ २०८१, मंगलवार १३:३१

काठमाडौँ | नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर कुटपिट भएको छ।

सोमबार बेलुकी १० बजे बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० स्थित चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कदै गरेका बेला आफूलाई मष्टा गाउँपालिका–४ का विनोद कठायत लगायतका समूहले कुरा गर्नु छ भनी होटलमा बोलाएर कुटपिट गरेको सिंहको भनाइ छ।

भोलि कुरा गरौलाभन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ आफूमाथि सो समूहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेको पत्रकार सिंहले बताएका छन्। चक्कु प्रहारबाट पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ।

सिंहको जिल्ला अस्पताल बझाङमा उपचार गरिएको थियो। नेपाल पत्रकार महासंघले पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको महासचिव रामप्रसाद दाहालले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि महासंघले प्रशासनको ध्यानाकर्षण गराएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या