७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक

२९ माघ २०८१, मंगलवार १६:१२

काठमाडौँ | काठमाडौंको बूढानीलकण्ठमा पूरै घर भाडामा लिएर अनलाइन बेटिङ गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी २३ जनालाई सार्वजनिक गरेको हो।

परिसर प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनीहरूले लोटस ३६५ नामक अनलाइनमार्फत् अर्बौंको कारोबार गरेको भेटिएको छ उनीहरूले ३ अर्ब १३ करोड भन्दा बढी रकम कारोबार गरेको भेटिएको हो।

पक्राउ परेका भारतीय नागरिकहरू नेपालमा एक वर्षअघि नै आएको अनुसन्धानमा देखिएको छ। यस्तै, उनीहरूले विभिन्न व्यक्तिहरूलाई बेटिङ गराएर ठगी समेत गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद पनि बरामद गरेको थियो।

अनुसन्धानकै क्रममा क्रिप्टो करेन्सीमा ८६ करोड ९१ लाख ९७ हजार बढीको कारोबार देखिएको एसपी बोहोराले बताए। उनका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरू सबै जना भारतीय नागरिकहरू हुन्। अधिकांश विहारको बाँका जिल्लाका छन्। चार तिसगढ र पाँच जना उत्तरप्रदेशका छन्।

ओकिलकुमार यादव, किशोरप्रसाद यादव, रोहितकुमार यादव, मुन्नाकुमार यादव, राहुलकुमार यादव, बिपिनकुमार यादव, शंकरकुमार यादव, सुरेन्द्र कुमार, रोहित कुमार, भवेश कुमार, अभिषेक कुमार, चन्दन यादव, श्याम कुमार, बिठु कुमार, कुबिन्दर सिंह, हर्ष जैसवाल, सुरज साह, यसवाल कृष्ण, श्रेष्ठ गुप्ता, बादलकुमार जैसवाल, सौरभ सरूवा, सुनिलकुमार जैसवाल र महमद साहिद मल्लिक प्रहरीको हिरासतमा छन्।

उनीहरूमाथि सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा