७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्बन्ध विच्छेदपछि एलिनालाई रचना र समीक्षाको हौसला, कसले के भने?

३० माघ २०८१, बुधबार १२:१८

काठमाडौँ | गायिका एलिना चौहानले हिजो मंगलबार (माघ २९ गते) पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गरेकी छन्।

एलिनाले श्रीमान् सापकोटासँग सँगै बस्ने अवस्था नरहेको उल्लेख गर्दै यही माघ १८ गते दिएको निवेदनअनुसार काठमाडौँ जिल्ला अदालतले मंगलबार सम्बन्ध विच्छेद गरिदिएको हो।

यसैबीच चौहानको डिभोर्सलाई लिएर उनका दुई समकालीन गायिकाहरु रचना रिमाल र समीक्षा अधिकारीले प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले एलिनालाई हौसला र सहानुभूतिसमेत दिएका छन् । एलिनालाई अब मुखबाट मात्र होइन मनबाटै हाँसेको देख्न पाउने रचनाको आशा छ ।

उनले लेखेकी छन्, ‘अन्ततः आज तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ । दिदी, अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ । अरु खुशी आउँदै, जाँदै गर्छन्, तर मनको खुशी आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदी ।’

प्रतिक्रिया दिँदै अर्की गायिका समीक्षा अधिकारीले एलिनाले आफूलाई सक्षम र साहसी साबित गरेको भनी प्रशंसा गरेकी छन्।

‘दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो। हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो’, समीक्षाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज हिंसा र यातनाविरुद्ध जीवनको सारथिबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गरिदिनुभएको छ। सलाम छ। बहिनीका रूपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु। बि स्ट्रोङ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या