२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

छोराबुहारीकै योजनामा बाबुको हत्या, ६ जना पक्राउ

३० माघ २०८१, बुधबार १३:२७

इलाम | इलामको सुर्योदय नगरपालिका–११ मा छोराबुहारीले चार जनालाई खटाएरआफ्नै बाबुको हत्या गरेको खुलेको छ।

पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी पत्नी २६ वर्षीया मालती तामाङ, २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन्।

प्रहरीका अनुसार, ५१ वर्षीय धनराज राईको हत्या उनकै छोराबुहारी एडवर्ड र मालतीले योजनाबद्ध रूपमा गराएको पाइएको छ। इलामका डीएसपी मानबहादुर राईका अनुसार, धनराज र छोराबुहारीबीच लामो समयदेखि विवाद चलिरहेको थियो, जसका कारण उनीहरू अलग्गै बस्दै आएका थिए।

हत्या अघि अम्रिसो बेच्ने विषयमा बाबु-छोराबीच पुनः विवाद भएको खुलेको छ। सोही विषयलाई आधार बनाई एडवर्ड र मालतीले अम्रिसो किन्ने बहानामा मानिस खटाएर धनराजको हत्या गराएको अनुसन्धानबाट खुलेको छ।

२८ माघको बिहान ११ बजे धनराज आफ्नै घरको भुइँतलामा मृत फेला परेको खबर आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनास्थलबाट संकलित प्रमाणका आधारमा हत्या रड, फरुवा, आग्लोजस्ता हतियार प्रयोग गरेर गरिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला