२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

छोराबुहारीकै योजनामा बाबुको हत्या, ६ जना पक्राउ

२०८१, ३० माघ बुधबार १३:२७

इलाम | इलामको सुर्योदय नगरपालिका–११ मा छोराबुहारीले चार जनालाई खटाएरआफ्नै बाबुको हत्या गरेको खुलेको छ।

पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी पत्नी २६ वर्षीया मालती तामाङ, २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन्।

प्रहरीका अनुसार, ५१ वर्षीय धनराज राईको हत्या उनकै छोराबुहारी एडवर्ड र मालतीले योजनाबद्ध रूपमा गराएको पाइएको छ। इलामका डीएसपी मानबहादुर राईका अनुसार, धनराज र छोराबुहारीबीच लामो समयदेखि विवाद चलिरहेको थियो, जसका कारण उनीहरू अलग्गै बस्दै आएका थिए।

हत्या अघि अम्रिसो बेच्ने विषयमा बाबु-छोराबीच पुनः विवाद भएको खुलेको छ। सोही विषयलाई आधार बनाई एडवर्ड र मालतीले अम्रिसो किन्ने बहानामा मानिस खटाएर धनराजको हत्या गराएको अनुसन्धानबाट खुलेको छ।

२८ माघको बिहान ११ बजे धनराज आफ्नै घरको भुइँतलामा मृत फेला परेको खबर आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनास्थलबाट संकलित प्रमाणका आधारमा हत्या रड, फरुवा, आग्लोजस्ता हतियार प्रयोग गरेर गरिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ