७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छविलाल जोशीलाई जेल पठाउने निर्णयको फाइल झिकाउन उच्च अदालतको आदेश

३० माघ २०८१, बुधबार १४:२९

काठमाडौँ | सहकारी ठगी मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत रुपन्देहीको निर्णयको प्रतिवेदन झिकाउन उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको सूचना अधिकारी रामबहादुर कुँवरले बताए। “रुपन्देही जिल्ला अदालतले गरेको निर्णयको फाइल मगाउने आदेश भएको हो,” कुँवरले भने।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले माघ २८ मा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यस विरुद्ध जोशीका छोरा रोचक जोशीले माघ २९ मा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दिएका थिए।

त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश तिवारीको इजलासले जिल्ला अदालतको आदेशको प्रतिवेदन मगाएको हो। जिल्ला अदालतको आदेशको फाइल आएपछि संयुक्त इजलासमा सुनुवाइ हुने बुटवल इजलासका सूचना अधिकारी कुँवरले बताए।

यही मुद्दामा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। सुप्रिम सहकारीको रकम अपचलनमा लामिछाने सहित २२ जना विरुद्ध माघ ६ गते जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।

लामिछाने सहित २२ जना विरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या