कमल रावल/साउन ८, अछाम । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले सबै क्षेत्रको सकारात्मक सहयोगका कारण सबै उपलब्धी हासिल गर्न सकिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/साउन ८, अछाम । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले सबै क्षेत्रको सकारात्मक सहयोगका कारण सबै उपलब्धी हासिल गर्न सकिएको "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सबैको सहयोगले उपलब्धी हासिल गर्न सकियो: डाक्टर बराल

२०७४, ८ श्रावण आईतवार १३:०७


कमल रावल/साउन ८, अछाम । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले सबै क्षेत्रको सकारात्मक सहयोगका कारण सबै उपलब्धी हासिल गर्न सकिएको बताउनु भएको छ । 

डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि रेडीयो रामारोशन अछामले आयोजना गरेको बिदाई समारोहमा बोल्दै डाक्टर बरालले अछाम जिल्लाको स्वास्थ्यको प्रगती आफु एक्लैले मात्र नगरेको बताउदै जिल्लाको स्वास्थ्यको टिम सबै सन्चारकर्मिले जहीले पनी उत्साहीत गराउदै काम गर्न सहज गराईएकाले सफल भएको बताउनु भयो । 

आगामि दिनमा लाई आफु अछाममा नभएपनी स्वास्थ्यको टिमलाई सफल बनाउन सहयोग जहीले पनी रही रहोस भन्ने आशा रहेको बताउनु भयो । अछाममा ढाई बर्षको अवधिमा स्वास्थ्य प्रती सन्चारकर्मिबाट सकारात्मक सुझाव सल्लाह प्राप्त भएकाले यसरी सफल भएको बताउनु भयो । 

अन्य जिल्लाको तुलानाम नकारात्मक कुरालाई कहीले पनी बढवा नदिएर सकारात्मक कुरालाई प्राथमिकता दिएकाले उहाँले आभार ब्यक्त गर्नु भएको थियो । कार्यक्रमममा बोल्दै रेडीयो रामारोशन कार्यबाहक अध्यक्ष तथा कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैनाले ढाई वर्षको अवधिमा डाक्टर बराल जहीले पनी मिडीया मैत्री बन्न सफल भएकाले आगामी दिनमा उज्जल भबिष्यको कामना गर्नु भयो । 

एक युवा डाक्टर सँग हुनु पर्ने जोस जाँगर बराल सँग भएकाले जिल्ला स्वास्थ्यमा भएको प्रगतीलाई अझै निरन्तरता दिन स्वास्थ्यको टिमलाई सुझाव दिनु  भएको थियो । कार्यक्रममा रामारोशन कार्यबाहक अध्यक्ष तथा कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैनाले दोसल्ला, लेखा तथा प्रशासन अधिकृत कृष्ण बहादुर बुढाले ढाका टोपी र स्टेशन म्यानेजर चन्द्र बहादुर थापाले डायरी हस्तान्तरण गरेर बिदाई गर्नु भएको थियो । 


जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य अधिकृत झनकराज ढुगाना, जन स्वास्थ्य निरिक्षक झपटराज ढुगाना, रेडीयो रामारोशनका सहायक स्टेशन म्यानेजर टेक बहादुर थापा, साफेबगर ब्युरो प्रमुख विक्रम परियार लगाएत अन्य सन्चारकर्मि तथा स्वास्थ्यकर्मिको सहभागिता रहेको कार्यक्रमको सन्चालन रेडीयो रामारोशनका समाचार प्रमुख कमल रावलले गर्नु भएको हो । उता बयालपाटा अस्पतालले पनि उहाँको बिदाई गरेको छ । 

बिगत साढे २ बर्ष देखी अछाम जिल्लामा रही काम गर्दै काम गर्दै आउनु भएका डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि उहाँको बदाई गरिएको हो । बयालपाटा अस्पतालको आयोजनामा भएको बिदाई कार्यक्रममा अस्पतालका कर्मचारलिे उहाँले यस जिल्लाको स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योग्दानको कदर गर्दै आगामी दिनका लागी शुभकामना दिएका थिए । 

बिदाई कार्यक्रममा बोल्दै बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले स्वास्थ्य क्षेत्रको विकास गरी यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन डाक्टर बरालले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । 

यस्तै संचालक प्रबन्धक नबिन प्रकाश शर्माले डाक्टर बराल र जिल्ला स्वास्थ्यको टिमले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार गरेकोमा जोड दिनुभयो । अस्पतालको आयोजनामा भएको बिदाईमा डाक्टर बराललाई अबिर फुलमाला र दोसल्ला ओडाई बिदाई गरिएको थियो भने कार्यक्रमको संचालन पूर्ण बहादुर खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना