८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाँके जंगलमा ३७ जना सबार यात्रु बस दुर्घटना

२ फाल्गुन २०८१, शुक्रबार ०८:४७

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

महोत्तरीको बर्दिवासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेको बस बिहीबार साँझ ७ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

ईश्वरपुर नगरपालिका वडा नम्बर १३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँके जंगलको घारी बथान जाने चोक नजिक तीव्र गतिको कारण आफै अनियन्त्रित भई पल्टिदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बर्दिवासबाट पथलैया तर्फ जाँदै गरेका ना. ७ ख. ३६४३ नम्बरको सिटी राईड बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताए ।

बस दुर्घटनामा बाराकी लक्ष्मी देवी थरुनीको, राजवती महरा, रुमा कुमारी चौधरी, शुशिला सिंह, सविता सिंह, चनिया देवी दनुवार, पर्साकी लालपरी देवी लगायत घाइते भएको प्रहरीले बताए ।

प्रहरीका अनुसार घाइते यात्रुहरूको लालबन्दीका अस्पतालमा उपचार भइरहेको छ । बसमा ३७ जना सबार रहेको प्रहरीले जानकारी दिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू