७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४७ वर्षअघिको ‘विषयवस्तु’ लाई लिएर मह जोडीको आलोचना

२ फाल्गुन २०८१, शुक्रबार १६:२६

काठमाडौँ | अमेरिकी सांसदले नेपालमा नास्तिकता फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको दाबी गरेपछि यस विषयले नेपालमा तरंग उत्पन्न गरेको छ।

अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति ब्रायन मास्ट ले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) को गतिविधि रोक्ने विषयमा बोल्दै नेपालमा नास्तिकता फैलाउन रकम खर्च गरिएको खुलासा गरेका थिए।

यो समाचार बाहिर आएपछि नेपालमा सामाजिक सञ्जालमा विभिन्न संस्थाहरूले यूएसएआईडीबाट कति रकम लिएका थिए भनेर चर्चा हुन थालेको छ। यस सूचीमा हास्य कलाकार जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संस्था मह सञ्चार पनि परेको छ।

मह सञ्चारले यूएसएआईडीबाट अनुदान लिएर टेलिश्रृंखला निर्माण गरेको विषयमा विवाद उत्पन्न भएको छ। विशेषगरी, टेलिश्रृंखला ‘मदनबहादुर हरिबहादुर’ मा मदिरा सेवन गरेर ब्राह्मणले श्राद्ध गर्ने दृश्य समेटिएको भन्दै यसलाई हिन्दू धर्मविरोधी सामग्रीको रूपमा चित्रण गरिएको छ।

तर, मह सञ्चारले यी आरोपहरू अस्वीकार गरेको छ। कलाकार हरिवंश आचार्यले आफूहरू कुनै पनि धर्मविरोधी नभएको प्रष्ट पारेका छन्। उनले भनेका छन्, “हाम्रो काम हास्यव्यंग्य हो। हामीले पञ्चायतकालमा पनि व्यंग्य गरेका थियौँ। अहिले केही व्यक्तिहरूले नियोजित रूपमा दुष्प्रचार गरिरहेका छन्। गणतन्त्र ल्याउने हाम्रो हैसियत थिएन। गणतन्त्र कसरी आयो भन्ने कुरा पूर्वराजालाई पनि थाहा छ।”

मह सञ्चारका अनुसार यूएसएआईडीले ‘टेन्डर’ आह्वान गरेको थियो र प्रतिस्पर्धाबाट आफूहरूले तीन करोड रुपैयाँ बराबरको बजेटमा ‘मदनबहादुर हरिबहादुर’ टेलिश्रृंखला निर्माण गरेको थियो। हरिवंश भन्छन्, “हामीले पोलियो थोपा, रुवेला खोपजस्ता जनचेतनामूलक सन्देशहरू दिने सामग्री बनाएका थियौँ। अहिले यसलाई नियोजित रूपमा धर्मसँग जोडेर प्रचार गरिँदैछ।”

धर्मको कुरा किन निस्कियो भन्ने नै आफूले बुझ्न नसकेको उनको भनाइ छ । ‘सराध्य’ भन्ने टेलिसिरयल आफूले २०३४ साल प्रज्ञा भवनमा भएको गाईजात्रा महोत्सवमा पहिलोपटक देखाएको प्रहसन भएको हरिवंश सुनाउँछन् ।

“यो प्रहसन हेर्न राजा वीरेन्द्रलगायत सबै हेर्न आउनु भएको थियो । यो प्रहसनबाट मैले गोल्डमेडल पनि पाएको थिएँ,” उनी स्मरण गर्छन्, “त्यसलाई परिमार्जन गरेर पछि हामीले पञ्चायतका सराध्य भनेर देखाएका थियौँ । यसकै केही क्लिप्स काटेर धर्मसँग जोडेर भ्रम फैलाउने काम अहिले भइरहेको छ । यो एक दिन आफैँ प्रष्ट हुनेछ ।”

उनले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको क्लिप्स ०५४ सालमा बनाइएको बताए ।

उनका अनुसार यूएसएआईडीको अनुदान नेपाल सरकारले पनि पोलियो खोप, रुवेला खोप तथा अन्य सामाजिक कार्यका लागि प्रयोग गरिरहेको छ। हरिवंश भन्छन् “यूएसएआईडीको पैसामा पोलियो थोपा खुवाइएको छ। अहिले हामीलाई गाली गर्नेहरूकै परिवारले त्यो खोप पाएका छन्।”

उनले समयले नै सबै कुरा प्रष्ट पार्ने र जनता आफैँले सही-गलत छुट्याउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या