८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन

३ फाल्गुन २०८१, शनिबार १२:१३

जनकपुर । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानका युवाहरुले मुख्यमन्त्री सिंहको विरोध गर्नुका साथै मलास जुलुस निकालेका छन् । मसाल जुलुस जनकपुरधामको भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर कोन सभामा परिणत भएको थियो । जुलुसको क्रममा युवाहरुले मुख्यमन्त्री सतीस सिंह मुर्दाबाद, प्रदेश सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

मुख्यमन्त्री सिंहले आर्थिक वर्षको तीन महिना मात्र बाँकी रहेकोमा हालसम्म कुनै विकासको काम नगरेको र बजेट खर्च पनि १ प्रतिसत मात्र भएको आरोप लगाउँदै आफूहरुले मुख्यमन्त्रीको विरोध स्वरुप मसाल जुलुस निकालेको अभियानमा संलग्न अक्षय यादवले जानकारी दिए ।

उनले मुख्यमन्त्री सिंहले बजेट खर्च र विकासको काम गर्नुको साटो राती निजी अस्पतालहरुको अनुगमनमा विशेष चाँसो मात्र देखाउने गरेको आरोप लगाए । जनताको कामलाई प्राथमिकता दिनुको साटो अन्य काममा बढी केन्द्रित हुने गरेकोले प्रदेश सरकारको विरोध गरेको यादवले बताए ।

आफूहरुले कयौँ पटक ज्ञापन पत्र बुझाएर मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएतापनि मुख्यमन्त्री सिंहले कुनै वास्ता नगरेको भन्दै मसाल जुलुस निकालेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै