८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते

३ फाल्गुन २०८१, शनिबार १५:३४

हेटौंडा । हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु भएको छ । भने चालक र छोरा घाइते भएका छन् ।

हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बम्जनलाई उपचारको क्रममा सिएमसी चुरेहिल अस्पतालले मृत घोषणा गरेको मकवानपुरका प्रहरीले जानकारी दिए । भने अटोमा सवार मनहरी-६ खयरघारीकी मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ |

दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका-१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताए ।

अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै