ताराबहादुर महत । श्रावण ९, दोलखा । दोलखाका धेरै जसो सरकारी निकायहरु सुचना मैत्री नभएको पत्रकारहरुले गुनासो गरेका छन ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ९, दोलखा । दोलखाका धेरै जसो सरकारी निकायहरु सुचना मैत्री नभएको पत्रकारहरुले गुनासो गरेका छन ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभा"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

‘सुचना माग्दा विज्ञापन लैजा भन्छन सरकारी निकाय’

९ श्रावण २०७४, सोमबार ११:३३

ताराबहादुर महत । श्रावण ९, दोलखा । दोलखाका धेरै जसो सरकारी निकायहरु सुचना मैत्री नभएको पत्रकारहरुले गुनासो गरेका छन ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा सामु यस्तो गुनासो गरेका हुन । ‘कार्यालयमा सुचना माग्न जाँदा सुचना हैन बरु पाँच हजारको विज्ञापन लिएर जानुस भन्छन, सुचना दिँदैनन्’, दोलखाबाट प्रकाशित हुने एक अनलाईनका सम्पादकले भने । सरकारी निकायमा लिखित रुपमा सुचना माग्दा समेत सुचना नपाएको केहि पत्रकारहरुले गुनासो गरेका थिए ।

व्यक्तिगत सम्बन्ध राम्रो भएका र अग्रज पत्रकारलाई सार्वजनिक निकायबाट सुचना लिन सजिलो भएपनि नयाँ पुस्ताका र त्यसमाथि पनि महिला पत्रकारहरुलाई सुचना दिन आनाकानी गर्ने गरेको पाईएको छ । कार्यक्रममा सुचनाको हक र दोलखाको सन्दर्भ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धरले दोलखाका सार्वजनिक निकायमा सुचनाको हक २०६४ मा व्यवस्था भएअनुसार सुचना कक्ष र वैकल्पिक सुचना अधिकारीको समेत व्यवस्था नहुँदा सुचना संकलनमा समस्या भएको बताउनुभयो ।

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै प्रमुख जिल्ला अधिकारी बोहोराले पत्रकारहरुले राम्रो कामको प्रचार र नराम्रो कामको उजागर गरिदिन आग्रह गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले जिल्लाका कुनै पनि सार्वजनिक निकायले सुचना नदिएमा आफूले सहजीकरण गरिदिने र त्रैमासिक रुपमा जिल्ला प्रशासनका गतिविधि सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले पत्रकारहरु विचारका आधारमा विभाजित भएपनि पेशागत रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शरदचन्द्र सापकोटा, प्रेस सोसाईटी नेपालका केन्द्रिय सदस्य दिलबहादुर के.सी, नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्याल लगायत विभिन्न राष्ट्रिय तथा स्थानिय संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता