२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुम्भ मेला स्नानबाट फर्किंदै गरेका नेपाली सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२०८१, ५ फाल्गुन सोमबार १३:४२

रुपन्देही । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिएका छन्।

कुम्भ मेला सकेर नेपाल फर्किने क्रममा भारतको उत्तर प्रदेशस्थित आजमगढ–वाराणसी सडकखण्डमा दुर्घटना भएको हो। युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा सवारी चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर, र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्।

उनीहरूको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर लगिएको छ। भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, गाडी चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी