७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली विद्यार्थीलाई दबाब दिने किट कलेजका ५ कर्मचारी कारबाहीमा

६ फाल्गुन २०८१, मंगलवार १३:५३

काठमाडौँ | भारतको ओडिसास्थित किट कलेजले एक नेपाली छात्राको मृत्यु प्रकरणमा संलग्न पाँच जनामाथि कारबाही गरेको छ। कलेज प्रशासनले दुई सुरक्षागार्डलाई निष्कासित गरेको छ भने तीन कर्मचारीलाई निलम्बन गरेको छ।

कलेजका रजिस्ट्रारले एक सूचना जारी गर्दै १६ फेब्रुअरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कारबाहीबारे जानकारी दिएका छन्। सूचनाअनुसार, लापरवाही देखिएका दुई सुरक्षा गार्डलाई तत्काल हटाइएको छ भने दुई होस्टल कर्मचारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) का एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको छ।

यसबाहेक, नेपाली विद्यार्थीहरूलाई कलेज छोड्न दबाब दिने विषयमा कलेज प्रशासनले माफी मागेको छ। नेपाली विद्यार्थीहरूको सहजीकरणका लागि २४ घण्टा सञ्चालनमा रहने कन्ट्रोल रुम स्थापना गर्ने निर्णय समेत कलेजले लिएको छ।

कलेज प्रशासनले भविष्यमा यस्तो घटना नदोहोरियोस् भन्ने प्रतिबद्धता जनाउँदै कलेज परिसरभित्र सुरक्षित वातावरण निर्माण गर्ने आश्वासन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या