७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको घोषणापछि तीन सातामा अमेरिकाबाट २३ नेपाली डिपोर्ट

६ फाल्गुन २०८१, मंगलवार १४:१६

काठमाडौँ | अमेरिकी प्रशासनले कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने अभियानअन्तर्गत पछिल्ला केही सातामा २३ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चार महिला र १९ पुरुषलाई अमेरिका सरकारले नेपाल फिर्ता पठाएको हो।

ट्रम्प प्रशासनले अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ। अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो। त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो। डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ। डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको छ। त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको छ।

विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार, जनवरी २२ यता २३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। पछिल्लो पटक फेब्रुअरी १७ मा एक जना नेपाली काठमाडौं आइपुगेका थिए। यसअघि, जनवरी २२ र २४ मा १/१ जना, जनवरी २९ मा १ जना, जनवरी ३० मा २ जना, जनवरी ३१ मा १ जना, फेब्रुअरी १ मा ३ जना, फेब्रुअरी ५ मा ३ जना, फेब्रुअरी ६ मा २ जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा २ जना नेपाल फर्काइएको थियो।

डिपोर्ट भएका नेपालीहरू मानव तस्करमार्फत अमेरिका पुगेका वा भिसाका विभिन्न कार्यक्रममार्फत अमेरिका प्रवेश गरेर उतै लुकेर बसेका थिए। नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूबाट गिरोहबारे सूचना प्राप्त गर्न सोधपुछ गरिरहेको छ।

‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न ठगीमा पारिएका नेपालीहरूले मोटो रकम बुझाउने गरेका छन्,’ प्रवक्ता आचार्यले भने, ‘नेपाल, एसिया, अफ्रिका हुँदै दक्षिण अमेरिका पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने योजनामा संलग्न गिरोहहरूको सञ्जाल रहेको अनुसन्धानबाट खुलेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या