४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

प्रकृति र आरोपि केटाबीचको अडिओ भाइरल भएपछि मात्र युवक पक्राउ, अडिओमा के छ?

६ फाल्गुन २०८१, मंगलवार १५:५०

काठमाडौँ | भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा स्थानीय प्रहरीले त्यहीँका एक पुरुष विद्यार्थीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएको छ।

दैनिक भास्करको रिपोर्टअनुसार, प्रकृति र ती केटाबीचको कुराकानीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। भुवनेश्वरका डीसीपी पिनाक मिश्राले एक विद्यार्थीको आत्महत्या गर्न उक्साएको आरोपमा मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।

प्रकृतिका काका सिद्धान्त सिग्देलले दिएको जाहेरीका आधारमा आरोपित विद्यार्थीको विरुद्ध मुद्दा दर्ता गरिएको हो। हाल, आरोपी विद्यार्थी प्रहरी हिरासतमा छन् र सोधपुछ भइरहेको छ। प्रहरीले मृतक प्रकृतिका मोबाइल फोन, ल्यापटप र अन्य ग्याजेट पनि नियन्त्रणमा लिएको छ र अनुसन्धान जारी रहेको जनाएको छ।

अडिओमा के छ?
सामाजिक सञ्जालमा भाइरल अडिओमा एक केटी र एक केटा कुरा गरिरहेका छन्। केटाले फोनमा केटीलाई निरन्तर अश्लील शब्द प्रयोग गरिरहेका छन्। दुई जनाबीच बाझाबाझ भइरहेको छ।

केटाले केटीलाई माफी माग्न भन्छ। यसमा केटीले केटासँग माफी माग्छिन्। दुई जनाबीच लामो बहस पछि केटी रुन थाल्छिन्।

सामाजिक सञ्जालमा यो कल रेकर्डिङ प्रकृति र अभियुक्त केटाबीचको कुराकानीको भएको दाबी गरिएको छ।

केआईआईटीका विद्यार्थीले ती केटा र प्रकृतिबीच प्रेम सम्बन्ध रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन