२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

प्रकृति र आरोपि केटाबीचको अडिओ भाइरल भएपछि मात्र युवक पक्राउ, अडिओमा के छ?

२०८१, ६ फाल्गुन मंगलवार १५:५०

काठमाडौँ | भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा स्थानीय प्रहरीले त्यहीँका एक पुरुष विद्यार्थीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएको छ।

दैनिक भास्करको रिपोर्टअनुसार, प्रकृति र ती केटाबीचको कुराकानीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। भुवनेश्वरका डीसीपी पिनाक मिश्राले एक विद्यार्थीको आत्महत्या गर्न उक्साएको आरोपमा मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।

प्रकृतिका काका सिद्धान्त सिग्देलले दिएको जाहेरीका आधारमा आरोपित विद्यार्थीको विरुद्ध मुद्दा दर्ता गरिएको हो। हाल, आरोपी विद्यार्थी प्रहरी हिरासतमा छन् र सोधपुछ भइरहेको छ। प्रहरीले मृतक प्रकृतिका मोबाइल फोन, ल्यापटप र अन्य ग्याजेट पनि नियन्त्रणमा लिएको छ र अनुसन्धान जारी रहेको जनाएको छ।

अडिओमा के छ?
सामाजिक सञ्जालमा भाइरल अडिओमा एक केटी र एक केटा कुरा गरिरहेका छन्। केटाले फोनमा केटीलाई निरन्तर अश्लील शब्द प्रयोग गरिरहेका छन्। दुई जनाबीच बाझाबाझ भइरहेको छ।

केटाले केटीलाई माफी माग्न भन्छ। यसमा केटीले केटासँग माफी माग्छिन्। दुई जनाबीच लामो बहस पछि केटी रुन थाल्छिन्।

सामाजिक सञ्जालमा यो कल रेकर्डिङ प्रकृति र अभियुक्त केटाबीचको कुराकानीको भएको दाबी गरिएको छ।

केआईआईटीका विद्यार्थीले ती केटा र प्रकृतिबीच प्रेम सम्बन्ध रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी