२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकृति लम्सालको शव नेपाल ल्याईंदै, प्रेमी भनिएका श्रीवास्तवसहित ६ जना पक्राउ, तीन कर्मचारी निलम्बित

२०८१, ७ फाल्गुन बुधबार १२:२१

काठमाडौँ | भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याईने भएको छ । भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेज प्रशासनबीच समन्वय गरी शव आज साँझसम्म रुपन्देही ल्याउने तयारी गरिएको हो।

२० वर्षीया प्रकृति गत आइतबार होस्टलको कोठामा मृत फेला परेकी थिइन्। घटनापछि उनका साथीहरू न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए, तर युनिभर्सिटी प्रशासनले विद्यार्थीहरूमाथि दमन गरेको आरोप लागेको छ।

यस घटनामा हालसम्म ६ जना पक्राउ परिसकेका छन्। कलेज प्रशासनले पटक–पटक माफी मागे पनि विद्यार्थीहरू असन्तुष्ट छन्। मृत्युपछि केही नेपाली विद्यार्थी नेपाल फर्किसकेका छन्। घटना भारतीय संसददेखि नेपालसम्म चासोको विषय बनेको छ। ओडिसा सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

भारतीय मिडियाका अनुसार प्रकृतिका प्रेमी भनिएका अद्बिक श्रीवास्तवसहित ६ जना हाल प्रहरी हिरासतमा छन्। श्रीवास्तवको यातना सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनको साथीहरूले दाबी गरेका छन्।

यही प्रकरणमा कलेजका मानव स्रोत महानिर्देशक शिवनन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठसहित सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पक्राउ परेका छन्। दुई सुरक्षा गार्ड सेवाबाट बर्खास्त भइसकेका छन् भने तीन जना निलम्बित भएका छन्।

यस घटनापछि कलेजबाट १६ जना नेपाली विद्यार्थी नेपाल फर्किसकेका छन्। उनीहरू झापाको काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा