१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकृति लम्सालको शव नेपाल ल्याईंदै, प्रेमी भनिएका श्रीवास्तवसहित ६ जना पक्राउ, तीन कर्मचारी निलम्बित

७ फाल्गुन २०८१, बुधबार १२:२१

काठमाडौँ | भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याईने भएको छ । भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेज प्रशासनबीच समन्वय गरी शव आज साँझसम्म रुपन्देही ल्याउने तयारी गरिएको हो।

२० वर्षीया प्रकृति गत आइतबार होस्टलको कोठामा मृत फेला परेकी थिइन्। घटनापछि उनका साथीहरू न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए, तर युनिभर्सिटी प्रशासनले विद्यार्थीहरूमाथि दमन गरेको आरोप लागेको छ।

यस घटनामा हालसम्म ६ जना पक्राउ परिसकेका छन्। कलेज प्रशासनले पटक–पटक माफी मागे पनि विद्यार्थीहरू असन्तुष्ट छन्। मृत्युपछि केही नेपाली विद्यार्थी नेपाल फर्किसकेका छन्। घटना भारतीय संसददेखि नेपालसम्म चासोको विषय बनेको छ। ओडिसा सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

भारतीय मिडियाका अनुसार प्रकृतिका प्रेमी भनिएका अद्बिक श्रीवास्तवसहित ६ जना हाल प्रहरी हिरासतमा छन्। श्रीवास्तवको यातना सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनको साथीहरूले दाबी गरेका छन्।

यही प्रकरणमा कलेजका मानव स्रोत महानिर्देशक शिवनन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठसहित सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पक्राउ परेका छन्। दुई सुरक्षा गार्ड सेवाबाट बर्खास्त भइसकेका छन् भने तीन जना निलम्बित भएका छन्।

यस घटनापछि कलेजबाट १६ जना नेपाली विद्यार्थी नेपाल फर्किसकेका छन्। उनीहरू झापाको काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा