७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकृति लम्साल मृत्यु प्रकरण : रक्सौल नाका भएर ९३ नेपाली विद्यार्थी स्वदेश फर्किए

७ फाल्गुन २०८१, बुधबार १६:३४

वीरगञ्ज | भारतको कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्युपछि तनाव सिर्जना भएपछि अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। आइतबार प्रकृतिको मृत्यु भएको थियो।

त्यसपछि भएको विवादले उग्ररुप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो। उनीहरू विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन्।

पर्साको वीरगञ्जस्थित रक्सौल नाका हुँदै गएरातिदेखि आज दिउँसोसम्म ९३ जना विद्यार्थी नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।

९३ जना विद्यार्थी बारा, पर्सा, रौतहटका रहेको भट्टको भनाइ छ। यसअघि विराटनरतर्फको नाकाबाट पनि केही विद्यार्थी फर्किएका थिए।

उक्त घटनामा क्याम्पस प्रशासनले माफी मागेर नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ। तर, विद्यार्थीहरू भने फर्किएका छैनन्।

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बुधबार साँझ दुईवटा बसमा ५८ जना एकसाथ फर्किएका थिए। यसरी फर्किएका त्यही क्षेत्रका विद्यार्थीहरूलाई विभिन्न विद्यालयको बस व्यवस्था गरेर घरसम्म पुर्‍याइएको एसपी गौतमले बताए।

अहिलेसम्म फर्किनेमा ७५ जना पुरुष र १८ जना महिला रहेका छन्। यो नाका हुँदै बारा, पर्सा, रौतहटका विद्यार्थी फर्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या