४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासको नयाँ प्रस्तावले बढायो विपिन जोशी रिहा हुने आस

७ फाल्गुन २०८१, बुधबार १८:१२

काठमाडौँ | प्यालेस्टाइनी विद्राेही समूह हमासले गाजामा युद्धविराम सम्झौताको दोस्रो चरणमा सबै बन्धक र कैदीहरूको एकै चरणमा (साटफेर) रिहाइको नयाँ प्रस्ताव गरेको छ । हमासले स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ इजरायलसँग यस्तो प्रस्ताव राखेको हो ।

हमासले पहिलो चरणमा रिहाइ हुनुपर्ने थप छ जना बन्धकहरूलाई शनिबार रिहा गर्ने जानकारी पनि दिएको छ । उनीहरू सबै इजरायली नागरिक रहेकाे बताइएको छ ।

यसैबीच, इजरायलका विदेशमन्त्री गिडेओन सारले दोस्रो चरणको वार्ता यसै हप्ताभित्रै सुरु हुने बताएका छन् ।

हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अहिलेसम्म अज्ञात छ । उनी जीवित रहेको आशाका साथ नेपालले रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ । तर, रिहा हुने बन्धकहरूको सूचीमा उनी हालसम्म परेका छैनन् ।

सबै बन्धक र कैदी एकै चरणमा साटफेर गर्ने हमासको नयाँ प्रस्ताव इजरायलले स्वीकार गरेमा भने विपिन पनि रिहा हुने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन