२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरीकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबारे सरकारले छानबिन गर्नुपर्छ, देशभन्दा ठुलो कोही होइन : चन्द्र भण्डारी

२०८१, ८ फाल्गुन बिहीबार १२:१५

काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिको सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन्। सांसद भण्डारीले देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै के भएको थियो? के हुँदैछ? भनेर सरकारले गम्भीरतापूर्वक चासफ लिनुपर्ने बताए।

‘अमेरीकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्! देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन! के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ! देशभन्दा ठुलो कोही होइन र हुन पनि सक्दैन!’ उनले फेसबुकमा लेखेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’ काे संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका थिए। हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर राेकिएकाे जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी