७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केआइआइटीले प्रकृतिको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

८ फाल्गुन २०८१, बिहीबार १२:३०

काठमाडौँ | भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । सोही विश्वविविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो ।

घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक निधनले सबैलाई दुखित तुल्याएको किटको भनाइ छ ।

किटका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट समेत गरेका थिए । सो भेटपछि उनका बुबाको इच्छा अनुसार किटले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने बिहीबार सामाजिक सञ्जालमार्फत जनाएको छ । यो पहलले प्रकृति जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्ने किटको भनाइ छ ।

प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट गरेको र नेपालका गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि फोनमा कुराकानी गरेर घटनाबारे जानकारी गराएको किटले जनाएको छ । प्रकृति होस्टमै मृत फेला परेपछि विश्वविद्यालयमा आन्दोलन भएको थियो भने विद्यार्थीहरूलाई निकाल्ने काम समेत भएको थियो । सो घटनाको नेपालका साथै भारतमा समेत चर्को विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या