७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लाज शरणम’ का सामग्री इन्टरनेटबाट हटेपछि ‘माग्ने बुढा’ भन्छन्- क्यारिकेचर पेशा लोपोन्मुख होला जस्तो छ

८ फाल्गुन २०८१, बिहीबार १३:३४

काठमाडौँ | हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले क्यारिकेचर पेशा संकटमा पर्नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चलचित्र ‘लाज शरणम्’ले सामाजिक सञ्जाल तथा इन्टरनेटबाट सामग्री हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन् ।

घिमिरेले फेसबुकमा लेखेका छन्, “क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ । नमिले फ्लप । मिले लफडा ।” अदालतको आदेशपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा प्राइभेट गरिएको छ र प्रचारप्रसार पनि ठप्प भएको छ । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भनिएको यो चलचित्रको टिजरमा सीताराम कट्टेललाई ‘नेता’को भूमिकामा देखाइएको छ ।

पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले आफ्नो अनुमतिबिना आफ्नो अनुहारसँग मिल्दोजुल्दो आकृति प्रयोग गरिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले चलचित्र जाँच समितिबाट अनुमति नपाएसम्म प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको छ । यसअघि चलचित्रको ‘नेपाल हाँसेको’ र ‘भोले बम बम’ बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।

अदालतको आदेश आएसँगै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ र कतिपय फिल्म निर्माता तथा कलाकारले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजले पनि अदालतको आदेशले सिर्जनशील सर्जकलाई झस्काएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या