२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लाज शरणम’ का सामग्री इन्टरनेटबाट हटेपछि ‘माग्ने बुढा’ भन्छन्- क्यारिकेचर पेशा लोपोन्मुख होला जस्तो छ

२०८१, ८ फाल्गुन बिहीबार १३:३४

काठमाडौँ | हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले क्यारिकेचर पेशा संकटमा पर्नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चलचित्र ‘लाज शरणम्’ले सामाजिक सञ्जाल तथा इन्टरनेटबाट सामग्री हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन् ।

घिमिरेले फेसबुकमा लेखेका छन्, “क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ । नमिले फ्लप । मिले लफडा ।” अदालतको आदेशपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा प्राइभेट गरिएको छ र प्रचारप्रसार पनि ठप्प भएको छ । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भनिएको यो चलचित्रको टिजरमा सीताराम कट्टेललाई ‘नेता’को भूमिकामा देखाइएको छ ।

पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले आफ्नो अनुमतिबिना आफ्नो अनुहारसँग मिल्दोजुल्दो आकृति प्रयोग गरिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले चलचित्र जाँच समितिबाट अनुमति नपाएसम्म प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको छ । यसअघि चलचित्रको ‘नेपाल हाँसेको’ र ‘भोले बम बम’ बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।

अदालतको आदेश आएसँगै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ र कतिपय फिल्म निर्माता तथा कलाकारले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजले पनि अदालतको आदेशले सिर्जनशील सर्जकलाई झस्काएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी